Logo

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् भएपछि कांग्रेसनिकट संघले जनायो आपत्ति, अध्यक्ष पोखरेलको गम्भीर आरोप (भिडिओसहित)



काठमाडौं, ७ असोज । नेपाली कांग्रेसनिकट ट्रेड युनियन नेपाल निजामति कर्मचारी युनियन (संघ) ले चुनाव जित्दैछ भन्ने रिपोर्ट गएपछि सरकारले आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गरेको संघका अध्यक्ष गोपाल प्रसाद पोखरेलले गम्भीर आरोप लगाएका छन् । उनले भने,‘सत्तारुढ दलले जित्ने अवस्था भए त उसले चुनाव गराईहाल्थ्यो नि । जित्ने अवस्था नभएपछि कर्मचारी संगठनका नेताहरुलगायतले यो चुनाव स्थगित गराउनुभएको हो ।’ हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यो चुनाव स्थगित् भएसँगै अब नेपालमा लोकतन्त्र र गणतन्त्र नै खतरामा पर्ने अवस्था देखिईसकेको पनि उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्