Logo

कक्षामा छात्राले रक्सी पिएपछि…



के हामीले आफ्ना बच्चाहरु प्रति ध्यान राख्छौ त ? यदि राखेका छैनौ भने आजैबाट ध्यान राख्न सुरु गर्नुहोस् । किनभने हाम्रो सानो लापरवाहीले गर्दा बच्चामा नराम्रो बानीव्यहोराको सिकार हुन पुग्छन् । पन्जाबको एक सरकारी स्कुलमा एक छात्राले देखाएको गजबको व्यवहारले सम्पुर्ण अभिभावकहरुलाई एक पटक सोच्न बाध्य बनाएको छ ।

जालन्धर थानाको सदरमा एक सरकारी स्कुल छ । मंगलवार कक्षामा बसेकी एक छात्राले अजीबको हर्कत गरिन् । छुट्टाछुट्टै बसेका छात्राहरुले सधै झै राम्रोसँग पढिरहेका थिए । साथीहरुलाई शका लागेर छात्राको नजिक गएर हेर्दा रक्सीको बोतल देखे । र उनको मुखबाट पनि रक्सीको गन्ध आइरहेको थाहा पाएर प्रिन्सीपललाई भने ।

प्रिन्सीपलले छात्राको आमा बुबालाई स्कुलमा बोलाए र छोरीको सबै कुरा बताइदिए । छात्रालाई स्कुलले निकालिदिएको छ । भारतीय समाचार अनुसार ती छात्रा पिताको रक्सीको वेटर गर्थिन् । कुनै न कुनै पार्टीबाट बाबु छोरी मिलेर रक्सी ल्याउने गर्थे । परिवारका अन्य सदस्यबाट लुकेर छात्राले रक्सी पिउने गर्थिन् । विस्तारै –विस्तारै छात्रामा लत बस्यो । त्यही रक्सी घरबाट झोलामा हालेर स्कुलमा समेत लगिन् ।

किशोर अवस्थामा कुनै पनि नशाको लत लाग्न धेरै समय लाग्दैन । यस्ता घटनाको बारेमा जानकार हुँदाहुँदै पनि आमा बुबाले ध्यान दिदैनौ । माता पिताले नै बच्चाहरुलाई चुरोट, खैनी, रक्सी वा अन्य नशालु पद्धार्थ लिन बजार पठाउछौ । यसरी लिन पठाउँदा बच्चाहरुको मनमा गलत असर पर्छ र सेवन गर्न प्रेरित हुन्छन् । यदि तपाइँपनि यस्तो गर्दै हुनुहुन्छ भने सावधान । एजेन्सी



प्रतिक्रिया दिनुहोस्