Logo

विवाह गर्नुभन्दा पहिला कपडा खोल्नुपर्ने परम्परा



विवाह र महिलालाई सम्मान दिनमा मिथिलावासी शुरु देखि नै निकै उद्धार छन् । राजा जनकले सीतालाई योग्य वर छान्नको लागि स्वयं स्वयम्बरको आयोजना गरेका थिए । अर्थात केटीहरुलाई आफ्नो लागि योग्य दुलाहा छान्ने अधिकार राजा जनकको समयमा पनि थियो ।

मानिसहरु सयौ वर्षदेखि विवाहमा वैज्ञानिक पद्धति अपनाएर गर्दै आएका छन् । एउटै गोत्रभित्र विवाह गर्न वर्जित छ । मिथिलामा केटा र केटीका कुनै अन्तर राख्दैनन । यो समाजको सहिष्णुताको परिचय भएको छ । तर विश्वका धेरै स्थानमा नराम्रा घटनाहरु भइरहेका पनि छन् । वर–बधुको बीचमा रगतको नाता भएमा विवाह गरिदैन् ।

विवाह भन्दा अगाडि वर वधुको स्वास्थ्यको जाँच अनिवार्य रुपमा गर्नुपर्छ । मिथिला राज्यको यस्तो संस्कृतिलाई सबैले सम्मान गर्ने गरेका छन्् । दुलाहाको परिक्षण गर्दा नाक दबाएर गरिन्छ, जसको उदेश्य दुलाहा स्वास मिर्गी रोग लागेको छ छैन पत्ता लगाउन रहेकोे हुन्छ । साथै यसक्रममा शरीरबाट कपडा पनि खोल्नु पर्छ । कपडा खोल्नुको मुख्य कारण चर्म रोग जाँच गर्नु हो । मनोवैज्ञानिक जाँच पनि गरिन्छ । यस जाँचमा वर बधु असफल भएमा विवाह रोकिन्छ ।

सर्यौ वर्षदेखि मिथिला राज्य महिलाको पक्षमा रहेको छ । यस जाँचमा महिलालाई अहम् भुमिका हुने गर्छ । परिक्षणमा वर सफल भएपछि मात्र कन्या पक्षको उपस्थितिमा विवाह कार्यक्रम सम्पन्न गराइन्छ ।

विवाहमा सहभागी हुने कन्या पक्षका मानिसहरुलाई सरियाती र वर पक्षका मानिसहरुलाई बरियाती भनिन्छ । त्यहाँको यति धेरै सस्कृतिको कारणले पनि सम्बन्ध विच्छेदको कसैले कल्पना पनि गर्न सक्दैन । ठुला मानिससँग कुरा गरेर मात्र कुनै कुराको निर्णय लिन्छन् । यस्तो राम्रो परम्परा अन्त कतै भेटिदैन । यस परम्पराले वर बधुलाई एक अर्कामा जोड्नमा अहम् भुमिका खेलेको हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्