Logo

मैंले ‘पाखे’ भनेको भनेर एकथरीले अति गरिरहेको पाएँ- सुर्य थापा



काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार ले आफूले पाखे भनेको भनेर एकथरीले अति गरिरहेको टिप्पणी गरेका छन् । उनले एकपाखे भनेको विषयलाई अतिरञ्जित गरी दुष्प्रचार गरेको समेत बताएका छन् ।

‘मैंले पाखे भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरुले अति गरिरहेको पाएँ,’ थापाले ट्वीटरमा लेखेका छन्, ‘एकपाखातिरको कुरा गरेर अर्कोपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैंले एकपाखे भएको स्पष्ट भनेको छु ।’ उनले अभिव्यक्तिलाई तोडमरोड गरी दुष्प्रचार गरेको समेत आरोप लगाए । त्यस्ता व्यक्तिहरु परिचालिन भएको समेत बताए ।

प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँगको अन्तवार्तामा सुर्य थापाले कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरु एक पाखे हुन् भनी टिप्पणी गरेका थिए । उनको अभिव्यक्ति विवादमा परेको छ ।

सुर्य थापाको टिप्पणीः मैले “पाखे” भनेकाे भनेर एकथरी दुराशय बाेकेका व्यक्तिहरूले अति गरिरहेकाे पाएँ । एकपाखातिरकाे कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएकाे स्पष्ट भनेकाे छु । त्यसलाई ताेडमराेड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आग्रह गर्दछु ।

कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरु एक पाखे हुन् स् सूर्य थापा (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्