Logo

फेरि लकडाउन हुनसक्ने



काठमाडौं, ७ असोज । सरकारले कोरोना भाइरसको रोकथामका लागि फेरि लकडाउन गर्न सक्ने स्पष्ट पारेको छ । संक्रमित संख्या वृद्धि भई अस्पताललगायत स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन भएमा लकडाउन गर्न सकिने जानकारी दिइएको हो ।

आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिष्टम (आइसीएस) को बैठक बसेर २५ हजार सक्रिय संक्रमित नाघेमा लकडाउनको सिफारिश गर्ने निर्णयबारे जानकारी दिएका हुन् । आइसीएसले २५ हजारभन्दा बढी संक्रमित भएमा बन्दाबन्दी गर्न सिफारिश गर्ने निर्णय गरेको छ ।

डा. गौतमका अनुसार २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएमा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने बताए । अहिले देशमा १७ हजार ४ सय १४ सक्रिय संक्रमित छन् । अब ७ हजार सक्रिय संक्रमित थपिएमा लकडाउनको सम्भावना रहेको छ ।

यसैगरी, जनस्वास्थ्यको मापदण्ड पालना गर्न नसक्ने क्षेत्रमा संक्रमण दर बढिरहेको र जोखिम उच्च रहेकाले कम्तिमा एक महिना त्यस्तो क्षेत्र नखोल्न समेत स्वास्थ्य मन्त्रालय अन्र्तगतको आइसीएसले सिफारिश गरेको छ ।-फाइल तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्