Logo

ताेडमराेड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आग्रह गर्दछु : सूर्य थापा



काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले बोलेको कुरालाई तोडमरोड गरेर दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । प्राईम टाईम्स टेलिभिजनबाट हिजो राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा बोलेको विषयलाई लिएर सामाजिक सञ्जालमा तोडमरोड गरी दुस्प्रचार गरिएकोमा थापाले त्यस्तो दुष्प्रचार गर्ने परिचालित तत्वहरुको भ्रममा नपर्न आग्रह गरेका छन् ।

थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,‘मैले “पाखे” भनेकाे भनेर एकथरी दुराशय बाेकेका व्यक्तिहरूले अति गरिरहेकाे पाएँ । एकपाखातिरकाे कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएकाे स्पष्ट भनेकाे छु । त्यसलाई ताेडमराेड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आग्रह गर्दछु ।”

Related Video-Interview with Thapa By Rishi Dhamala, which is aired on PRIME TIMES T.V. 



प्रतिक्रिया दिनुहोस्