
काठमाडौं, ७ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज सात जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि भएकासँगै कुल मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमणबाट मृत्यु हुनेहरुमा एक महिला र ६ पुरुष छन् । आज मृत्यु हुनेहरुका काठमाडौं उपत्यकाका तीनजना छन् । चारजना वृद्धवृद्धको संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६४ रहेको छ ।
मृतकको विवरण
१. झापाका ८६ वर्षीय पुरुष
२. सिराहाका ५० वर्षीय पुरुष
३. काठमाडौंकी ६८ वर्षीया महिला
४. काठमाडौंका १६ वर्षीय पुरुष
५. ललितपुरका ७४ वर्षीय पुरुष
६. बर्दियाका ६४ वर्षीय पुरुष
७. बर्दियाका ३९ वर्षीय पुरुष