Logo

कारागार र वीर अस्पतालको एउटै स्वर, परिवार भन्छ हत्या हो



असोज ७, काठमाण्डौ । वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रुपन्देही सिद्धार्थनगरका रामलखन जैसवालको पोस्टमार्टम गरिने भएको छ । मृतक जैसवालको विषयलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै अस्पताल र कारागार व्यवस्थापनले बुधबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सत्य तथ्य पोस्टमार्टम रिपोर्टपछि आउन बताएका हुन् ।

पत्रकार सम्मेलनमा केन्द्रीय कारागार सुन्धाराका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले कारागारभित्र वा अस्पतालमा हत्या गरिएको, आँखा निकालिएको, चोटपटक लाएको, घाँटी काटिएको जस्ता समाचारहरु भ्रामक भएको दावी गरे ।

पत्रकार सम्मेलन

त्यस्तै वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरी उपचारका लागि वीर अस्पतालमा लैजादा जीवित रहेको कुनै चिन्ह नदेखिएकाले मृत घोषणा भएको भन्दै गलत अफवाहमा नगर्न आग्रह गरे । ३ दिनदेखि शवगृहमा रहेकाले शवमा सड्ने र गल्ने प्रक्रिया सुरु हुँदा शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किको र रेफ्रिजिरेटरमा नराख्दा यस्तो अवस्था देखिएको उनले बताए ।

बुटवल घर भएका मृतक जैसवाल पार्किङ्सन र प्रेसरसम्बन्धी दीर्घ रोगी भएको र असोज ३ गते राति पौने १० बजे श्वासप्रश्वासमा समस्या भएपछि केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि पठाइएको छ ।

परिवार भन्छ–हत्या नै हो


मृतक रामलखन जैसवालकी भाइबुहारी पुनमदेवी जैसवालले भने कारागार वीर अस्पतालले भ्रम फैल्याएर गल्ती ढाकछोप गर्न खोजेको जिकिर गरेकी छिन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रमा जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै पुनमदेवीले सरकारी निकायले नै अन्याय गरेको भन्दै न्याय दिलाउन माग गरिन् ।

त्यस्तै मृतक रामलखन जैसवालकी छोरी रश्मी जैसवालले पनि कोरोनाका कारण मृत्यु भएको भन्ने आधार नभएको जिकिर गरिन् । आफूले पहिलोपटक शव देख्दा रक्ताम्य अवस्थामा रहेको भन्दै त्यसको छानविन गर्नुपर्ने बताईन् ।



प्रतिक्रिया दिनुहोस्