Logo

नेकपा प्रवक्ता श्रेष्ठ र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता, के कुराकानी भयो ?



काठमाडौं, ७ असोज । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठबीच आज भेटवार्ता भएको छ । नेता श्रेष्ठको निवासमा भएको भेटवार्तामा नेपाल भारत सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भएको श्रेष्ठले जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता श्रेष्ठले यस्तो जानकारी गराएका हुन् ।

उनले दुई देशका बीचमा रहेका समस्यालाई छिटो वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकत्ताका बारेमा पनि विचार आदानप्रदान भएको जनाएका छन् । उनले भेटवार्ताबारे ट्विटरमा यस्तो लेखेका छन्,”नेपालका लागि भारतीय राजदुत महामहिम विनय मोहन क्वात्रासँग आज मेरो निवास हरिसिद्दिमा भेट भयो।उहाँसङग नेपाल भारत सम्बन्धका बिभिन्न आयामका बारेमा छलफल भयो ।दुई देशका बिचमा रहेका समस्या लाई छिटो वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने आवश्यकताका बारेमा पनि बिचार आदान प्रदान भयो ।”



प्रतिक्रिया दिनुहोस्