Logo

रसुबागढी नाका आंशिक खुला, दैनिक पाँच कन्टेनर सीमासम्म ल्याइदिने



काठमाडौं, ८ असोज । अवरुद्ध रहेको रसुवागढी नाका बुधबारदेखि सुचारु भएको छ । चिनियाँ नयाँ वर्षसँगै बन्द भएको सो नाकाबाट बुधबारदेखि आंशिक आयात खुलेको हो । बुधवार स्वास्थ्य सामग्री बोकेको एक कन्टेर नेपाल भित्रिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य खड्काले जानकारी दिनुभयो ।

तिब्बतको जिलोङ काउन्टीका स्थानीय प्रसासन र रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तसँगको संवादमा विहबिारदेखि दैनिक पाँच कन्टेनर सामान नेपाली सिमानासम्म चिनियाँ पक्षले ल्याइदिनेछन् । प्रजिअ पन्तका अनुसार स्वस्थ्य सुरक्षाका मापदण्डमा चिनियाँ अधिकारीहरुलाई पूर्ण परिपालना गराउने आश्वासन दिएपछि नाका सुचारु गर्न उनीहरु सहमत भएका खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्