Logo

नेपाली भूभागमा चीन बनाएको भनिएका भवनहरु नेपालको सीमा भन्दा एक किलोमिटर पर चीनको भूभागमा बनेका हुनः परराष्ट्र मन्त्रालय



काठमाडौं, ८ असोज। परराष्ट्र मन्त्रालयले हुम्ला जिल्लाको सीमा स्तम्भ नम्बर ११ र १२ भित्रको नेपाली भूभागमा चीनले भवनहरु निर्माण गरेको भन्ने सञ्चार माध्यमहरुमा लागाइएको आरोपका विषयमा नेपाल सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी नेपालको नापी विभागको आधिकारीक रेर्कडमा यस अघिको संयुक्त स्थलगत नक्सा जाँच प्रतिवेदनमा समाचारहरुमा उल्लेखित भवनहरु नेपालको भूमिमा भएको नपाइएका स्पष्ट गरेको छ ।

ती भवनहरूका विषयमा सन् २०१६ मा पनि केही सञ्चार माध्यममा कुरा उठेको मन्त्रालयले स्मरण गराएको छ । अन्तर मन्त्रालयस्तरीय टोलीले गरेको स्थलगत भ्रमणका क्रममा ती भवनहरु नेपालको सीमा भन्दा एक किलोमिटर परको चिनियाँ भूभागमा बनेको निश्कर्ष निकालेको उल्लेख छ ।

विज्ञप्तिमा नेपाल र चीनबीचको सीमा दुई देशबीच हस्ताक्षर भएको सीमा सन्धि तथा प्रोटोकलमा आधारित भएर टुङ्गाइएको तथा चिन्ह लगाइएको पनि उल्लेख रहेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्