Logo

कोरोना संक्रमणबाट ३९ वर्षीय युवकको मृत्यु



चितवन, असोज ८ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवकको मृत्यु भएको छ ।

तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो ।

कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो। रासस

 



प्रतिक्रिया दिनुहोस्