Logo

केसीको जीवन रक्षा गर्न माग



काठमाडौं, असोज ८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिकित्सक गोविन्द केसीका जायज माग पूरा गरी उनको जीवन रक्षा गर्न सरकारलाई अपिल गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा तत्काल वार्ता समिति गठन गरी माग पूरा गर्नेतर्फ पहल थाल्न अपिल गरिएको छ । ‘डा। गोविन्द केसीसँग इमानदार वार्ता र सार्थक कार्यान्वयन गर्न नेपाली कांग्रेस सरकारलाई अपिल गर्छ,’ विज्ञप्तिमा छ ।



प्रतिक्रिया दिनुहोस्