Logo

विश्वभर ७४ लाख ३६ हजार नौ सय ८९ सक्रिय कोरोना संक्रमित



काठमाडौं, असोज ८ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी अमेरिकामा देखिएको छ । गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा विहिबार विहानसम्म ज्यान गुमाउनको संख्या दुई लाख ६ हजार पाँच सय ९३ पुगेको छ । त्यस्तै, ब्राजिलमा एक लाख ३९ हजार ६५, भारतमा एक सय ७३, मेक्सिकोमा ७४ हजार नौ ४९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

आजसम्मको तथ्याङक अनुसार विश्वभर तीन करोड २१ लाख १ हजार ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर नौ लाख ८२ हजार २० जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

हालसम्म दुई करोड ३६ लाख ८२ हजार ४२ जनाले कोरोना जितेका छन् । तथ्याङक अनुसार विश्वभर कोरोनाका संक्रिय संक्रमितको संख्या ७४ लाख ३६ हजार नौ सय ८९ रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्