Logo

सरकारले नर्सलगायत पेशाकर्मी र श्रमिकहरुको न्यूनतम वेतन समयानुकुल बढाओस : डा. भट्टराई



काठमाडौं, ८ असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नर्सलगायतका पेशाकर्मी र श्रमिकहरूलाई न्यूनतम वेतन समेत नदिई श्रमशोषण गरेको विषय वर्षौदेखि उपेक्षित रहनु गम्भीर विषय भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,‘नर्सलगायतका पेशाकर्मी र श्रमिकहरूलाई न्यूनतम वेतन समेत नदिई श्रमशोषण गरेको विषय बर्षौंदेखि उपेक्षित रहनु गम्भीर विषय हो।१३हजार चानचुनको न्यूनतम वेतन यो महँगी र भौतिक आवस्यकताको तुलनामा ज्यादै न्यून हो।अत:सरकारले न्यूनतम वेतन समयानूकुल बढाओस् र सबै क्षेत्रमा कडाइपूर्वक लागू गरोस्!” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्