Logo

कंगना रनौटले भनिन्ः मेरो घर गैरकानुनी तरिकाबाट भत्काउने समय उद्धव ठाकरेले भिवन्दी भवनमा दिएको भए झण्डै ५० जना जिवित हुन्थे



एजेनसी, ८ असोज । बलिउड स्टान कंगना रनौटले मुम्बईको भिवन्दी भवन भत्किएर ४१ जनाको मृत्यु भइसकेको घटनामा महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई दोषी देखाएकी छिन् । उनले ट्वीटरमा उद्धव ठाकरेले आफ्नो मुम्बईस्थित घर भत्काउने समय हालै भत्किएको भवनबारे ध्यान दिएको भए झण्डै ५० जनाको ज्यान बच्ने थियो भनेकी छिन् ।

‘उद्धव ठाकरे, संजय राउन जब मेरो घर गैरकानुनी तरिकाबाट तोडिरहेका थिए, त्यो समय भिवन्दी भवनमा दिएको भए आज लगभग पचार व्यक्ति जीवित हुन्थे,’ रनौटले लेखेकी छिन् ।

भिवन्दी भवन भत्किएर मृत्यु भएकाहरुको संख्या उल्लेख गर्दै उनले लेखेकी छिन्- यति युवा त पुलवामा पाकिस्तानले हत्या गर्दाको संख्या पनि थिएन ।

सोमबार मुम्बईको तीन तल्ले भवन भत्किदा ठुलो हताहती भएको थियो । आजसम्म ४१ जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।-तस्वीर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्