Logo

सरकारको काममा पार्टीको प्रत्यक्ष हस्तक्षेप गर्ने काम सर्वसत्तासवादी कम्युनिष्ट व्यवस्थामा मात्र हुन्छ : थापा



काठमाडौं, ८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको काममा पार्टीले प्रत्यक्ष गर्ने र सरकारी र संवैधानिक नियुक्तीमा निर्देशन काम सर्वसत्तावादी र कम्युनिष्ट व्यवस्थामा मात्रै हुने टिप्पणी गरेका छन् । हिजो (बुधबार) सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो लेखेका हुन् ।

उनले चुनावी घोषणापत्रअनुसार काम गर्न सरकारलाई पार्टीले नीतिगत मार्गदर्शन गर्नुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्,”चुनावी घोषणापत्र अनुसार कामगर्न सरकारलाई पार्टीले नीतिगत मार्गदर्शन गर्नुपर्छ।सरकार संबिधान/कानुन अनुसार चल्नुपर्छ।सरकारको काममा पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्ने र सरकारी/संबैधानिक नियुक्तिमा निर्देशन दिने काम सर्वसत्तावादी/कम्युनिष्ट व्यवस्थामा मात्र हुन्छ।प्रजातन्त्रमा हुंदैन ।”

 



प्रतिक्रिया दिनुहोस्