Logo

राप्रपाका अध्यक्षत्रयको बैठक सम्पन्न, थापाको नेतृत्वमा समिति गठन



काठमाडौं, ८ असोज । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीचको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले पार्टी एकता आधारपत्रबमोजिम विद्यान मस्यौता पेश गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार उक्त समितिको सदस्यहरुमा भक्ती सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक,भरतजङ्ग उप्रेती र चन्द्र काफ्ले रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्