Logo

कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त, एक साता अझै घरमै आराम गर्ने



काठमाडौं, ८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त भएका छन् । उनको सचिवालयले जनाएअनुसार हिजोमात्रै कोइरालाको पूनः कोरोना परीक्षण गरिएको थियो । र, रिपोर्ट नेगेटिभ आएको थियो । कोइराला अझै एक साता घरमै आईसोलेशनमा बस्ने पनि जनाईएको छ । कोइरालालाई गत भदौ २३ गते कोरोना संक्रमण देखिएको थियो । श्वाँसप्रश्वाँसमा समस्या देखिएपछि र उच्च ज्वरो आएपछि उनलाई काठमाडौं चावहिलमा रहेका ॐ अस्पताल भर्ना गरिएको थियो । पछि, स्वास्थ्यमा सुधार आएपछि उनी डिस्चार्ज भएर घरमै आराम गरिरहेका थिए ।



प्रतिक्रिया दिनुहोस्