Logo

जयसवाल मृत्यु प्रकरण, छोरीहरूले रुँदै ऋषि धमलासँग यसो भने (भिडिओसहित)



काठमाडौं, ८ असोज । वीर अस्पतालमा उपचारका लागि लगेका ६३ वर्षीय कैदी रामलखन जयसवालको मृत्यबारे मृत्तकका परिवारले निर्लज्ज षडयन्त्र गरेर हत्या गरेको गम्भीर आरोप लगाएका छन् । मृत्तक जयसवालका छोरीहरु र भाई बुहारीले प्राइम टाईम्स टेलिभिजनबाट हिजो राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा रुँदै आफ्नो बुवाको हत्या भएको दाबी गरेका हुन् । तर, जयसवालको मृत्युबारे हिजो पत्रकार सम्मेलन गर्दै केन्द्रीय कारागारले सिसीटिभी फूटेज सार्वजनिक गरेको थियो । केन्द्रीय कारागार र वीर अस्पतालले गृह मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै रामलखन जयसवालको मृत्यु शंकास्पद नभएको स्पष्ट पारेका छन् ।

हेरौं मृत्तक जयसवालका दुई छोरी र भाई बुहारीसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्