Logo

प्रहरी नियमावली मन्त्रिपरिषद्मा रोकिएपछि प्रहरी अस्पतालका ४२ चिकित्सकद्वारा राजिनामा



काठमाडौं, ७ असोज । नेपाल प्रहरी अस्पतालका ४२ जना चिकित्सकले राजिनामा दिएका छन् । आफुहरुको करिअरमा खेलवाड गरेको भन्दै उनीहरुले राजिनामा दिएका छन् ।

उनीहरुको माग सम्बोधन गरी प्रहरी नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छ । तर, दुई महिनादेखि मन्त्रिपरिषद्मा प्रस्ताव रोकिएपछि चिकित्सकहरुले राजिनामा दिने घोषणा गरेका हुन् ।

प्राविधिक प्रहरीले सेवामा आबद्ध भएको कम्तीमा तीन वर्ष भएपछि अध्ययन बिदा पाउने उल्लेख छ । त्यसका लागि कम्तीमा एक वर्ष हिमाली जिल्लामा काम गरेको हुनुपर्ने प्रावधान रहेको र प्रहरीका चिकित्सकका लागि त्यो प्रावधान अव्यवहारिक भएकाले संशोधन गर्न लागिएको छ । अध्ययन बिदा नै नपाउने समस्या हुँदा प्रहरीमा भर्ना भएका चिकित्सकले राजिनामा दिन लागेपछि उनीहरुलाई सेवामै टिकाइराख्न नियमावली संशोधन गर्न लागिएको एक प्रहरी अधिकारीले बताए ।
गृहमन्त्री रामबहादुर थापाको असक्षमताका कारण नियमावली समयमै संशोधन हुन नसकेको हो ।-दृष्टिबाट/File photo



प्रतिक्रिया दिनुहोस्