Logo

नेपाल वायु सेवा निगमद्वारा नौ ठाउँमा नियमित उडान (सुचीसहित)



काठमाडौं, ८ असोज । नेपाल वायु सेवा निगमले नौ ठाउँमा नियमित उडान शुरु गरेको छ । कोरोना भाइरसको रोकथामका लागि आन्तरिक उडान बन्द गरिएकोमा सरकारले खेल्ने निर्णय गरेपछि निगमले विभिन्न नौ ठाउँमा उडान गर्न थालेको हो ।

निगमले काठमाडौंबाट रुकुम, भोजपुर, दाङ्ग, फाप्लु, थामखर्क, ताप्लेजुङ्ग र खानीडाँडा तथा नेपालगञ्जबाट रुकुम, जुम्ला र बाजुरामा उडान पुनः सञ्चालन गरेको हो । अहिलेलाई ती क्षेत्रमा उडान हप्ताको एक देखि तीन दिनमात्र सञ्चालन गरिने नेपाल एयरलाइन्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्