Logo

आज १४ सय ९७ जना कोरोना संक्रमित थपिए



काठमाडौं,  ८ असोज । नेपालमा कोरोना भाइरसका आज १४  सय ९७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या  ६९ हजार  ३ सय १ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ५० हजार  ४ सय ११ जना संक्रमणमुक्त भएका छन् । आज ४५७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्