Logo

काठमाडौंमा ६०९ सहित उपत्यकामा थपिए ७५५ कोरोना संक्रमित



काठमाडौं,  ८ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ७५५  सय जना कोरोना संक्रमित थपिएका छन् । देशभर १४  सय  ९७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ७ सय ५५ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  ११ हजार ४  सय १४  जनाको पिसीआर परिक्षणमा  १४ सय ९७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  ४५७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ५० हजार ४  सय   ११ रहेको छ । काठमाडौं  उपत्यकामा ७५५ थपिएका मध्ये काठमाडौंका  ६०९ जना र ललितपुरका  ९५ जना र भक्तपुरका ५१  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ६९ हजार  ३ सय १ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्