Logo

१७ जनाको कोरोना संक्रमणबाट मृत्यु, २४ घन्टाभित्र अहिलेसम्मकै सर्वाधिक



काठमाडौं, ८ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा ५ महिला र १२ पुरुष छन् ।

आज मृत्यु पुष्टि भएकासँगै कोरोनाबाट कुल मृतक संख्या ४ सय ५३ पुगेकोछ । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ प्रतिशत छ ।

आज काठमाडौं उपत्यकामा २ महिला र ४ पुरुषसहित ६ जनाको मृत्यु पुष्टि भएको छ । आज अधिकांश कोरोना संक्रमणबाट वृद्धवृद्धाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्