Logo

जीपी कोइराला फाउण्डेशनमा दुई वर्षको यात्रा



इन्दिरा थापा: नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष, नेपाली राजनीतिका  महानायक स्व: गिरिजाप्रसाद कोईरालाको स्मरणमा स्थापना गरिएको जिपी कोइराला फाउन्डेसनकी केन्द्रीय अध्यक्ष आदरणीय सुजाता कोइराला ज्युले मलाई  प्रदेश  नम्बर १ को पहिलो संयोजकको जिम्मेवारी प्रदान गर्नु भएको आज (बुधबार, ७ आश्विन २०७७) बाट २ वर्ष पूरा भएकोछ । प्रदेश नम्बर १ को पहिलो संयोजक भएर कार्य गर्ने अवसर दिनु भएमा फाउन्डेसनकी केन्द्रीय अध्यक्ष, पुर्व उपप्रधानमन्त्री सुजाता कोइरालाज्यु प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
बाह्रबुँदे शान्ति सम्झौताका अभियान्ता, जनआन्दोलन दोस्रोलाई सफल बनाउनका लागि नेतृत्वदायी भूमिका खेल्नुभएका जनआन्दोलनका कमान्डर, नेपालमा  लोकतान्त्रिक गणतन्त्रको स्थापना र त्यसलाई संस्थागत रूप दिने मुख्य अभियन्ता, प्रथम संविधानसभा निर्वाचनका अभियन्ता स्वर्गीय गिरिजाप्रसाद कोइरालाले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री एवं राष्ट्रप्रमुखको भुमिका पनि निर्वाह गर्नुभएको थियो । उहाँले राष्ट्रका लागि गर्नु भएको अतुलनीय कार्यका लागि उच्च सम्मान गर्दै उहाँ कै नाममा स्थापित फाउन्डेसनमा रहन पाउँदा मैले आफूलाई अत्यन्तै गौरवान्वित भएको महसुस गरेकी छु।  मैले पनि संयोजकको हिसाबले जिम्मेवारी पाएपछि महत्वपूर्ण भुमिका निर्वाह गर्दैआएको सर्वबिदितै छ। जसमध्ये फाउन्डेसनको प्रदेश  कार्यालय स्थापना,  जि .पि. कोइराला संग्रहालय निर्माण, जि.पि. ई- लाईवेरी को स्थापना, प्रथम  जि.पि. कोईराला मेमोरियल  गोल्ड कप फुटबल प्रतियोगिता , प्रदेश १ भित्रका १४ जिल्लामा जिल्ला शाखा बिस्तार, स्थानीय तहमा  फाउन्डेसनको बिस्तार, विभिन्न सामाजिक कार्यहरू, खेलकुद विकास तथा अन्य  महत्वपूर्ण कामहरु भएका छन् ।
गिरिजाप्रसाद कोइरालाले अघि सार्नुभएको सहमति, सहकार्य र एकताको मूल भावनालाई जिवन्त राख्न जि. पि. संग्रहालय कोइराला निवास बिराटनगरमा निर्माण भइरहेको छ । फाउन्डेसनका हरेक कार्यक्रम अगाडि बढाउनका लागि मलाई सहयोग गर्नहुने मेरो नेतृत्वमा रहेका  प्रदेश कार्यसमितिका साथीहरू, जिल्ला र नगर समितिहरुका साथीहरू, पार्टीका नेताज्युहरु, शुभेच्छुक मित्रहरु, बिदेशी मित्रहरु, पत्रकार साथीहरु लगायत सबै प्रति हार्दिक आभार व्यक्त गर्द्छु। साथै फाउन्डेसन परिसरमा निर्माणाधिन जि .पि. कोइराला संग्रहालय निर्माणमा र  फाउन्डेसनको उदेश्यअनुसार फाउन्डेसनलाई अगाडि बढाउने सिलसिलामा सहयोग प्रदान गर्नु हुने सम्पूर्णता सरकारी, गैरसरकारी संस्थाहरु प्रति हार्दिक! हार्दिक!!कृतज्ञता ज्ञापन गर्दछु ।  अन्तमा २ वर्षमा  जि.पि. फाउन्डेसन  प्रदेश न: १ ले गरेका  महत्वपूर्ण कामहरू निम्नअनुसार संक्षेपमा उल्लेख गर्न चाहन्छु।
१- प्रजातन्त्रको उद्द्गम स्थल  जि.पि.फाउन्डेसन बिराटनगर  कोइराला निवास परिसरमा डा.शशांक कोइराला , सुजाता कोइराला र डा.शेखर कोईरालाको संयुक्त प्रमुख आतिथ्यमा प्रदेश कार्यालय उद्घाटन ,विभिन्न सास्कृतिक कार्यक्रम तथा  चियापान  कार्यक्रम  बिराटनगर  ।
२- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा जि.पि.फाउन्डेसन धनकुटाको कार्यलय उद्घाटन  ३- जि.पि.कोइराला इ-लाईवेरीको स्थापना। बिराटनगर
४- जि .पि. फाउन्डेसनका केन्द्रीय अध्यक्ष मा.सुजाता कोइरालाको प्रमुख आतिथ्यमा जि.पि. संग्रहालयको शिलान्यास कार्यक्रम बिराटनगर ।
 ५ – जि.पि.कोइरालाको ९ औं स्मृति  दिवसमा बृहत रक्तदान कार्यक्रम १-जि.पि. फाउन्डेसन परिसर बिराटनगर २- कटहरी चौक र पुस्पलाल चौक बिराटनगर ।
६- प्रथम जि.पि.कोइराला मेमोरियल फुटबल प्रतियोगिता – पाख्रीवास,धनकुटा ।
७-प्रदेश न: १का प्रदेश प्रमुख, मुख्यमन्त्री,मन्त्रीज्युहरु लगायतको उपस्थितिमा सामाजिक सद्भाव र एकता र शान्ति का लागि  होली मिलन कार्यक्रम जि.पि. फाउन्डेसन परिसर बिराटनगर
८ – नि:सुल्क बृहत स्वास्थ्य शिविर, राजारानी, धनकुटा ।
९-  डा.शेखर कोइरालाको प्रमुख आतिथ्यमा जि.पि.फाउन्डेसन उदयपुर जिल्ला समितिको पदास्थापन तथा गिरिजाप्रसाद कोइरालाको जिवनीमा आधारित फोटो प्रदर्शनी कार्यक्रम उदयपुर ।
१०- सुजाता कोइराला , डा.रामशरण महत र डा.शेखर कोइरालाको संयुक्त प्रमुख आतिथ्यमा जि .पि. फाउन्डेसन  सुनसरी जिल्ला समितिको पदास्थापन तथा फोटो प्रदर्शनी कार्यक्रम इटहरी ।
११- नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री कृष्ण सिटौला र डा.शेखर कोइरालाको प्रमुख आतिथ्यमा  जि.पि.फाउन्डेसन चौवेसे गाउँपालिकाको पदास्थापना तथा जेष्ठ प्रजातान्त्रिक योद्धाहरुको  सम्मान कार्यक्रम मौनाबुधुक, धनकुटा ।
१२- जि.पि.फाउन्डेसन खोटाङ जिल्ला समितिको  पदास्थापना तथा कार्यलय स्थापना। दिक्तेल।
१३- जि .पि.फाउन्डेसन जिल्ला समिती भोजपुरको पदास्थापना तथा फोटो प्रदर्शनी  भोजपुर।
१४-  विपन्न माझि बस्तिमा न्यानो कपडा वितरण कुरुलेतेनुपा,
१५-सरस्वती प्रा.वि.का विद्यार्थीहरुलाई न्यानो कपडा वितरण  कार्यक्रम पाख्रीवास-३
१६-जि.पि.फाउन्डेसन  धनकुटा जिल्ला समिती पदास्थापन कार्यक्रम धनकुटा ।
१७- जि.पि.फाउन्डेसन पाख्रीवास नगर समितीको पदास्थापन कार्यलय उद्घाटन कार्यक्रम पाख्रीवास।
१८- जि. पि.कोइराला शान्ती सम्बाद कार्यक्रम  पाख्रीवास।
१९- पन्चकन्या प्रा.वि.का विद्यार्थीहरु लाई न्यानो कपडा वितरण पाख्रीवास ।
२०-आधारभुत अनिवार्य स्कुलका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण कसेनी ।
२१- महिला जागृती वृद्धा आश्रममा न्यानो कपडा वितरण बिराटनगर ।
२२- कोरोना वाइरस कोभिड १९ बाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने एकल महिलाहरुलाई राहत वितरण कार्यक्रम मुगा।
२३- कोरोना वाइरस कोभिड १९ बाट प्रभावित एकल महिला हरुलाई राहत वितरण कार्यक्रम उत्तरपानी। (लेखकको व्यक्तिगत विचार)



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम