Logo

भरुवा बन्दुक सहित पक्राउ



बाँके, ८ असोज । भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । राप्तीसोनारी गाउँपालिका सुनखरेका शान्त बहादुर घर्तीलाई १ थान भरुवा बन्दुक सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा भरुवा बन्दुक अबैध रुपमा लुकाई राखेका सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्