Logo

अवैध लागूऔषध चरेससहित पक्राउ



काठामडौं, ८ असोज । अवैध लागूऔषधसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका बाट करिब ३७ केजी अवैध लागूऔषध चरेस सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी गाउँपालिकाका शान्ती तामाङ र रोल्पा शिवराज नगरपालिका बानियाभरका बसन्ती घर्ती रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त चरेश सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

सर्लाही, मलंगवा नगरपालिका भेडियाहीबाट २८ बोतल एकसय एमएलको नियन्त्रित लागूऔषध व्यालरेक्स सहित मलंगवा नगरपालिकाका गणेश साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्