Logo

सोधपुछ गर्दा महिला अधिकारी नभएको भन्दै रिया चक्रवर्तीले विषय उठाएपछि…



एजेन्सी, ८ असोज । सुशान्त सिंह राजपुतको निधन पछि ड्रग मुद्दामा मुछिएपछि पक्राउ परेकी रिया चक्रवर्तीले बम्बई उच्च अदालतमा निवेदन दिँदै आफुलाई एनसीबीले लामो समय सोधपुछ गर्दा कोही महिला अधिकारी नभएको उल्लेख गरेकी छिन् । रियामाथि एनसीबीले केहिदिन सम्म लगातार ८–८ घन्टा लामो सोधपुछ गरेको थियो ।

रियाले दिएको निवेदनमा हत्याको मुद्दामा कुनै प्रमाण नभेटेपछि लागुपद्धार्थको मुद्दामा फसाएको आरोप छ । रियालाई हिरासतमा राख्दा मानसिक सन्तुलन बिग्रन सक्ने पनि भनिएको छ । निवेदनमार्फत लागुऔषधको लागि सुशान्तले रिया र उनका भाई शोविकलाई प्रयोग गर्ने गरेको जानकारी दिएका छन् । सुशान्तमा लागुऔषध लिने आदत थियो र उनले आफ्ना आसपासमा भएका मानिसहरुको प्रयोग गर्ने गरेको बताइएको छ ।

वकिल सतीश मानशिंदे द्धारा दायर गरिएको निवेदनमा मिडिया ट्रायल र रियाले पछिल्लो समयदेखि पाएको धम्कीको बारेमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्