Logo

करीना कपुरको १० रोचक जानकारी



एजेन्सी,८ असोज । बलिउड नायिका करीना कपुरको पारिवारिक पृष्ठभुमी नै फिल्मी हो । उनका हजुरबाबु, बाबु, दिदी समेत बलिउडमा खुबै छाए । करीना पनि फिल्मी नगरिकी सुन्दर परी हुन् । उनका बारेमा केही तथ्य यहाँ दिइएको छ ।

  • करीना कपुरको सेप्टेम्बर महिनामा जन्म भएको हो ।
  • करीनाले गर्भवती हुँदा अन्ना करेनीना नामक किताब पढेकी थिइन्
  • कपुर खानदानबाट भएको कारण पनि करीना अभिनय प्रति स्वाभाविक रुपमा रुचि थियो । यसकारण उनले आफ्नो पढाई अधुरो छाडेर फिल्ममा लागेकी थिइन् ।
  • करीनाले सबैभन्दा पहिला राकेश रोशनको फिल्म ‘कहो न प्यार है’ मा साइन गरेकी थिइन् । केही दिनको सुर्टिङ पछि करीना फिल्मबाट अलग भएकी हुन् ।
  • करीनाको पहिलो फिल्म रिफ्युजी हो । जसलाई जेपी दत्ताले निर्देशन गरेका थिए । यो फिल्म अभिषेक बच्चनको पनि पहिलो फिल्म हो ।
  • करीना बलिउडको टप स्टार्समा सधै फेवरेट रहिन् र सबैको साथमा काम गर्न सधै तयार भइन् ।
  • करीना एक समयमा खान त्रिमुर्ति(शाहरुख,अमिर,सलमान)सँग काम गरेकी थिइन् ।
  • करीना र शाहिद कपुरको रोमान्स लामो समयसम्म चलेको थियो । शाहिदले करीना शाकाहारी बनेको सम्म बताएका थिए ।
  • टशनको सुर्टिङको क्रममा सैफ र करीना नजिक भएका थिए । पछि करिनाले सैफसँग विवाह गरेकी हुन्
  • करिनाले अहिलेसम्म ६ वटा फिल्म फेअर अर्वाड जितेकी छिन् । उनलाई एक्शन फिल्म मन पर्दैन करीनालाई प्रेम कहानीमा आधारित फिल्म गर्न मन लाग्छ ।
  • शाहरुख खानबाट करीना निकै प्रभावित छिन् । एकपटक उनले आफ्नो पति शाहरुख खानमा भएको जस्तो गुण हुनुपर्ने पनि बताएकी थिइन् ।
  • अमृता अरोरा खान, मलाइका अरोरा खान र करीना कपुर धेरै नजिकका साथी हुन् ।
  • करीना लाई विवाह गर्नु अगाडी खान सरनेम मन प¥थ्र्याे । त्यसैले विवाह पश्चात पनि करीना कपुर खान राख्ने गर्छिन् ।


प्रतिक्रिया दिनुहोस्