Logo

मृत्युपछि शवको कान र नाकमा रुई राख्ने कारण



संसारमा कुनै पनि जीवले पछिल्लो जन्ममा गरेको कार्यको आधारमा जन्म लिने गर्छन् र त्यसैअनुसार सुख र दुख भोग्छन् । आफ्नो कर्मको फल भोगेपछि पञ्चतत्वमा विलिन हुन्छन् । संसारमा बस्ने क्रममा मानिसको सत्य र झुठो दुवैको सामना गर्नुपर्छ, यो एक सामान्य कुरा हो, तर संसारमा परम सत्य के हो भनेर कसैले सोधेमा के जवाफ दिने ।

धर्तीमा जन्म लिएपछि मुत्यु निश्चित छ । एकदिन सबैजना मर्नै पर्छ । मानिस जब मर्छन तब आत्माको शान्तीको लागि केहि क्रियाकर्म गर्नुपर्छ । यसक्रममा आफन्त जम्मा हुनु गर्छन् । टाढा टाढा भएका आफन्त आइपुग्न समय लाग्ने भएकोले शवलाई सुरक्षित रुपमा बाहिर राख्नुपर्छ । बाहिर राख्ने क्रममा मृत शरीरको नाक र कानमा रुई राखिन्छ ।

कान र नाकमा रुई राख्नुको वैज्ञानिक र आध्यात्मिक दुवै कारण छन् ।

वैज्ञानिकको कारणः वास्तवमा मृत्यु भएपछि मानिसको कान र नाकबाट एक विशेष तरल पद्धार्थ निस्कन्छ, त्यहि तरल पद्धार्थलाई रोक्नको लागि रुई राख्न पर्छ । यसको साथै मानिसको मृत्युपछि शरीरमा कुनै प्रकारको भाइरस प्रवेश नगरुन भनेर नाक र कानमा रुईले छोपिएको हो ।

अध्यात्मिक कारणः गरुण पुराणअनुसार शवको खुला भएको भागमा सुनको सानो टुक्रा राख्ने मान्यता छ । यसरी सुनको टुक्रा शरीरको ९ अंगमा राख्ने गरिन्छ । जसमध्ये नाक, कान, आँखा र मुख इत्यादी पर्छन् । यसको पछाडीको मान्यता सुन अन्यन्तै पवित्र धातु हो । मृत शरीरको यी भागमा सुन राख्दा मर्ने मानिसको आत्मालाई समृद्धि प्राप्त हुन्छ । नाक र कानमा ठुलो प्वाल हुने भएकोले प्वालबाट केहि बाहिर ननिस्कीयोस भनेर सावधानीसहित रुईले ढोका बन्द गरिएको हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्