Logo

१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले बच्चा जन्माएपछि…



इग्ल्यान्डमा एक १३ वर्षका बालक १५ वर्षीया किशोरीको प्रेममा परे । दुवैबाट बच्चाको जन्म भएको छ । ब्रिटेनमा सबैभन्दा कम उमेरमा बाबु बनेका ती व्यक्तिको नाम एल्फी हो । उनको प्रेमिकाको नाम सेन्टल हो । यो खबर ब्रिटेनमा भाइरल भइरहेको छ ।

१३ वर्षको उमेरमा सेन्टलको बच्चाको पिता बनेका एल्फीले २ वर्षपछि डिएनए जाँच गराएका थिए । जाँच गराएको रिर्पोट आएपछि सबैजनाको होस उडेको थियो । वास्तवमा सेन्टलले आफ्नै कोखबाट जुन बच्चाको जन्म दिएकी थिइन् त्यो बच्चा एल्फीको नभएर अरु कसैको थियो ।

एक मिडिया रिर्पोट अनुसार एल्फी सेन्टलको बच्चाको असली पिता होइनन् । बच्चाको वास्तविक पिता अरु नै हुन् । तर हालसम्म उनको बच्चाको वास्तविक पिता को हुन् त्यसको बारेमा जानकारी आएको छैन् । एल्फी हाल २२ वर्ष पुग्न लागेका छन्, उनले सेन्टल र बच्चालाई छाडिदिएका छन् ।

पछिल्लो समयमा आएर एल्फीले सेन्टलसँग सम्बन्ध राख्नु नै जीवनको सबैभन्दा ठुलो भुल भएको महसुस गरेका छन्, जसको कारण उनले हाँस्ने खेल्ने उमेरमा कठिन कार्य गर्न परेको थियो । उनले प्रेम सम्बन्धको कारण पढाईलाई हानी पुगेको भन्दै काम राम्रो नपाएको पनि गुनासो गरेका छन् ।

एल्फी र सेन्टलको स्कुलमा भेट भएको थियो । जहाँ दुवैजना एक अर्काका राम्रा साथी भएको थिए र हेर्दा हेर्दै नजिक भएका थिए । एल्फी इग्ल्यान्डको ईस्ट एसेक्स मा बस्ने गर्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्