Logo

भरतपुर नगरपालिकामा २६ किलोमिटर सडकमा विद्युतीय तार भूमिगत कार्य बढ्दैछ-मेयर रेणु दाहाल



भरतपुर, ८ असोज । भरतपुर महानगरपालिकामा विद्युतीय तार भूमिगत गर्ने योजना कार्यान्वयनको कार्य अघि बढ्ने भएको छ । पहिलो चरणमा २६ किलोमिटर सडकमा तार भूमिगत गर्ने काम अघि बढ्न लागेको महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन् ।

पहिलो चरणमा मुख्य बजार क्षेत्रमा तार भूमिगत कार्य अघि बढ्दैछ । जसमा पुल्चोक केन्द्रीय बसपार्कसम्म र बसपार्क आपटारीसम्म र आपटारी देखि पुल्चोकसम्म २६ किलोमिटरमा तार भूमिगत हुनेछ ।

तार भूमिगत गर्न डिपीआर तयार भएर काम अघि बढ्दै गरेको मेयर दाहालले जानकारी दिइन् । २६ किलोमिटर तार भूमिगत गर्ने कार्यको लागत अनुमान १ अर्ब २० करोड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्