Logo

राधाको जन्म कसरी भयो ?



कृष्ण र राधा एक अर्कालाई निकै प्रेम गर्थे । सारा जगतले यी दुवैको पवित्र सम्बन्धको बारेमा थाहा पाएको छ । कसैले सामान्य रुपमा प्रश्न गर्ने राधा को थिइन् ? जवाफ सबैले एउटै दिन्छन् । राधा श्रीकृष्णकी साथी हुन् । तर राधाको कसरी जन्म भयो भन्ने धेरैलाई थाहा छैन ।

धार्मिक ग्रन्थको अनुसार भाद्रपद महिनाको शुक्ल पक्षको अष्टमी तिथीमा राधाको जन्म भएको हो । र यसै दिनलाई आज पनि राधा अष्टमीको रुपमा मनाउछौ । यसै दिन श्रीकृष्णकी प्रियसी राधाको जन्म भएको थियो ।

राधाको जन्म साधारण खाले चाही हैन्, बडो चमत्कारसँग भएको थियो । ब्रह्वैतर्त पुराणको अनुसार राधा पनि श्रीकृष्ण जस्तै अनन्त र अजन्मी हुन् । अर्थात उनको जन्म आमाको कोखबाट भएको होइन् ।

ब्रहवैवर्त पुराणको अनुसार राधाको जन्मबाट जोडिएको एक पौराणिक कथा अनुसार देवी राधा भगवान श्री कृष्णको साथमा गोलोकमा निवास गर्थिन् । एक पटक देवी राधा गोलोकमा नभएको समयमा श्रीकृष्ण आफ्नो एक पत्नी विरजासँग बसिरहेका थिए ।

राधालाई यो कुरा थाहा भयो र राधा तुरुन्त फर्केर आइन् । श्रीकृष्णसँग विरजा बसेको देखेर राधाले कृष्णलाई गाली गरिन् । राधा क्रोधित भएको देखेर विरजा नदी बनेर त्यहाँबाट हिडिन् । तर राधाको क्रोध देखेर श्रीकृष्णको सेवक तथा मित्र श्रीदामले राधालाई ठुलो स्वरमा कुरा गरेर अपमान गरे ।

क्रोधित अवस्थामा भएकी राधाले श्रीदालाई श्राप दिदै भनिन् अर्को जन्ममा एक राक्षस कुलमा जन्म लिनु । श्रीदाले पनि आवेसमा आएर देवी राधालाई पृथ्वीमा मानिसको रुपमा जन्म लिनु भन्दै श्राप दिए । यस श्रापले श्रीदामा शंखचुड नामक राक्षस बने र देवी राधा कीर्ति र वृषभानु जी को छोरीको रुपमा जन्म लिनु प¥र्यो । तर उनको जन्म देवी कीर्तिको गर्भबाट भएको भने होइन् ।

कथाको अनुसार जब श्रीदा र राधा एक अर्कालाई श्राप दिएपछि श्रीकृष्ण चिन्ता ग्रस्त भएर राधालाई भने देवी तिमी पृथ्वीमा जन्म लिनेछौ तर सधै मेरो आसपासमा रहनेछौ । कृष्णले अगाडी राधालाई भने तिमी गोकुलमा देवी कीर्ति र वृषभानु्को छोरीको रुपमा जन्म लिनु पर्नेछ । त्यहाँ तिम्रो विवाह रायाण नामका एक वैश्यसँग हुनेछ र सांसरिक तरिकाले तिमी रायाणको पत्नी हुनेछौ । रायाण मेरो नै अंश हुनेछ ।

कृष्णले राधालाई तिमी मेरो प्रिया बनेर रहनेछौ र केहि समयसम्म तिम्रो र मेरो विछोड हुनेछ । यति भनेर कृष्णले राधालाई भने अब वृषभानुको घरमा जन्म लिने तयारी गर्नु ।

यता संसारको दृष्टिले राधाको आमा कीर्ति गर्भवती भइन् तर उनको गर्भमा राधाले प्रवेश गरिनन् । कीर्तिले आफ्नो गर्भ वायुको धारण गरेर राखेकी थिइन् र योगमायाको सहयोगबाट कीर्तिले वायुको जन्म दिए तर वायुको जन्मको साथमा राधा कन्या रुपमा प्रकट भइन् । यसैकारण राधा देवी अनन्त र अजन्मी थिइन् । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्