Logo

पाँच वर्ष अघि लेलेको जंगलमा युवतीको हत्या गर्ने पक्राउ



काठमाडौं, ८ असोज । ललितपुरको लेलेस्थित जंगलमा पाँच वर्ष अघि युवतीको हत्या गर्ने युवक पक्राउ परेका छन् । हत्यापछि फरार सिराहाका रविकुमार यादवलाई प्रहरीले मैतीदेवीबाट पक्राउ गरेको हो ।

यादवले चापागाउँकी २६ वर्षीया आरती परियारको घाँटी थिची हत्या गरेका थिए । हत्यामा उनीसहित अर्का युवक पनि संलग्न थिए । फैडेल सामुदायिक वनमा लगेर युवतीको हतया गरेका थिए । १५ वैशाख २०७२ मा हत्यापछि यादव भारत पसेका थिए । उनी काठमाडौं आइपुगेको सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको बुझिएको छ ।-सांकेतिक तस्वीर 



प्रतिक्रिया दिनुहोस्