Logo

चन्दा संकलन गर्दा पक्राउ



भक्तपुर, ८ असोज । चन्दा संकलन गरेको अभियोगमा गोपाल नेपाली पक्राउ परेका छन् । चन्दा संकलन गरेको अभियोगमा मध्यपुर ठिमी मनोहरा सुकुम्बासी टोल बस्ने उदयपुर घर भएका नेपालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त टोलका व्यक्ति तथा संस्थाबाट तीन लाख रुपैयाँ संकलन गरी रसिद बाँड्दै गरेको अवस्थामा विभिन्न पर्चाहरु, एनआईसी एसिया बैंकको चेकबुक १ थान र विभिन्न कागजात सहित उनलाई महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्