Logo

सप्तरीका प्रमुख जिल्ला अधिकारीको कोरोना संक्रमित भान्सेको मृत्यु



राजविराज, ९ असोज । सप्तरीका प्रमुख जिल्ला अधिकारीको सिडिओ भान्सेको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका पुरुष लामो समदेखि सिडिओको खाना पकाउने कार्य गर्दै आएका थिए । राजविराज नगरपालिका ८ निवासी ६२ वर्षीय उनको होम आइसोलेसनमै मृत्यु भएको हो ।

गत भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएका उनलाई भोलिपल्ट साइकृष्णा मेडिकल कलेज भवनमा सञ्चालित संस्थागत आइसोलेसन केन्द्रमा राखिएको थियो । एक दिन त्यहाँ बसेपछि सुरक्षा मापदण्ड अपनाई घरमै बस्ने इच्छा जाहेर गरेपछि पुनः उनलाई फर्काएर होम आइसोलेशनमा राखिएको बताइएको छ । विहान घरको छतमाथि हिँड्डुल गरी चिया नास्ता खाएर बसिरहेका बेला अचानक ओछ्यानमै ढलेको पारिवारजनले जनाएको छ ।

चिकित्सकले जाँच गरेर मृत घोषित गरेपछि आवश्यक सुरक्षा मापदण्ड अपनाएर शवको अन्त्येष्टी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी आनन्द ठाकुरले बताउनुभयो । संक्रमणको शुरुमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता मृतकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासकीय अधिकृत ठाकुरले भन्नुभयो, स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्