Logo

स्तनको आकार ठूलो हुने महिलाका अनुभव



लन्डन, ९ असोज । अधिकांश महिलाहरु आफ्नो शारिरीक सौन्दर्यलाई लिएर स्तनको आकारलाई लिएर निकै चिन्तित हुने गरेको पाइएको छ । अझै महँगो सिलिकन प्याड प्रत्यारोपण गरेर स्तनको क्रितिम रुपमा भएपनि आकार बढाउन होडवाजी गर्नेहरु पनि कमि छैनन् । तर कसै कसेलाई भने स्तनको ठूलो आकार समस्या र अभिशाप सावित पनि भइरहेको सम्बन्धमा वेलायतका केहि महिलाले आफ्नो शब्द अघि राखेका छन् ।

लेइया पार्कर भन्छिन् , ‘ मेरा ठूला आकारका स्तन मेरो अस्तित्वको परिचय नै भइसकको छ । यसका मार्फत मोडलिंग गरेर म कमाउने पनि गर्दछुं । पक्कै पनि मलाई ३२ एनएन कप मनपर्छ । तर आकारकै कारण मलाई कार चलाउन र गर्भवतीहरुका प्रयोगका लागि बनाइएको सोफामा सुत्न लगायतका समस्या भोग्न बाध्य भएकी छुं । ’

साथै ठूला आकारका स्तनलाई लिएर पुरुषहरुबाट निकै नकारात्मक टिप्पणी पनि हुने गरेका छन् । केहिले त यसैका कारण महिलाहरुलाई लाज लाग्नु पर्ने पनि बताएका छन् । तर केहि महिलाले भने यसबाट आफुलाई अन्य खासै कुनै पनि समस्या नभएको बताउँछन् । लन्डन देखि दक्षिण पश्चिममा पर्ने टिवकनह्याम निवासी लेइयाले औसत आकार बन्दा आफ्ना स्तन पाँच गुणा ठूलो भएपनि आफुलाइृ कुनै दुख नलागेको बरु यसबाट मासिक दस हजार पाउन्ड आर्जन भइरहेको बताउँछिन् ।

उनी आफु वेलायतकै सबैभन्दा ठूलो आकारका स्तनकी धनी भएकोमा गौरव लागेको बताउँछिन् । ५ फिट ३ इन्च उचाइकी लेइयाले स्तनको सौन्दर्य बढाउन धेरै पटक सर्जरी गराउन थुप्रै पैसा पनि लगानी गरेकी थिइन् । लेइया ठूलो आकारका स्तन भएका महिलाहरुका एक प्रतिनिध पात्रका रुपमा सार्वजनिक भएकी खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्