Logo

उपत्यकामा फ्लाइओभरः तीन स्थानमा अध्ययन शुरू, निर्माण मिति भने अनिश्चित



काठमाडौं, असोज ९ । काठमाडौं उपत्यकामा प्mलाइओभर बनाउने चर्चा विगत ५ वर्षदेखि हुँदै आए पनि निर्माण अघि बढाउने काम भने अनिश्चित नै देखिएको छ । फ्लाइओभर निर्माणमा नेपालको अनुभव नभएको र लगानी पनि बढी हुने भएकाले तत्काल नै निर्माण गरिहाल्ने अवस्था अहिले नभएको सडक विभागको भनाइ छ ।

फ्लाइओभरको अध्ययन अघि बढाए पनि तत्काल बनाइहाल्ने अवस्थामा नभएको विभागको भनाइ छ । विभाग स्रोतले भन्यो, ‘पाइपलाइनमा फ्लाइओभर बनाउने योजना छ तर चालू आवमै ठेक्का लाग्ने विषय भने प्रचारमात्रै हो, अहिले अध्ययनकै क्रममा भएकाले निर्माण शुरू गर्ने मिति अनिश्चित छ तर बनाउन भने पर्छ । सवारीको चाप हुँदा चक्रपथका चोकहरूमा ट्राफिक जाम बढी भएकाले फ्लाइओभर निर्माण गर्न सकिने सम्भावना भएका स्थानमा अध्ययन अघि बढाइएको विभागको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्