Logo

पदमार्ग निर्माण डिपिआर निर्माण प्रक्रिया अघि बढ्यो



रसुवा, असोज ९ । रसुवाको नौकुण्ड गाउँपालिकाले नौकुण्ड–गोसाइँकुण्ड पर्यटकीय पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाभित्र रहेका नौवटा कुण्डको उचित प्रचार नहुँदा यो क्षेत्र ओझेलमा परिरहेको छ।

गाउँपालिका भित्र पर्यटकीय क्षेत्रको कमी छैन। तर सम्भावना बोकेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र उचित व्यवस्थापन नहुँदा ओझेलमा परेको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले बताइन्।

गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकको अभाव नहुने र स्थानीयको जीविकोपार्जनमा पनि प्रत्यक्ष रूपमा सहयोग पुग्ने भएकाले योजना अघि बढाइएको उनको भनाइ छ। ‘यो गाउँपालिका धार्मिक पर्यटनका हिसाबले पनि राम्रो सम्भावना बोकेको क्षेत्र हो,’ उनले भनिन्, ‘यसकारण हामीले यसलाई अघि बढाएका हौं।’ गाउँपालिकाभित्र पर्यटकीय तथा धार्मिकस्थल हुँदाहुँदै पनि यससम्बन्धी कार्यक्रम सञ्चालन हुन नसक्दा यी क्षेत्रको विकास र विस्तार हुन नसकेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्