Logo

होटलको सौचालयमा मृत भेटिए प्रहरी नायव निरिक्षक



दार्चुला, असोज ९ । दार्चुलामा नेपाल प्रहरीका एक जना प्रहरी नायव निरिक्षक (सई) मृत फेला परेका छन्। शुक्रबार बिहान होटलकै शौचालयमा लडेको अवस्था भेटिएका सई धु्रब रावललाई जिल्ला अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए।

सदरमुकाम स्थित जयदुर्गा भवानी होटलका मालिकले प्रहरीलाई घटनाबारे जानकारी दिएपछि मुखबाट रगत बगेको अवस्थामा भेटिएका रावललाई प्रहरीले अस्पताल लगेको थियो ।

घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्याल दार्चुलाले जनाएको छ । रावल दल्लेख प्रहरी चौकीबाट हुती सरुवा भएका थिए । अछाम घर भएका मृतक सईका दुई छोरा र एक श्रीमती कैलालीमा बस्दै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्