Logo

चरेश ओसारेर करोडौंको सम्पत्ति, सम्पत्ति शुद्धीकरणद्वारा मुद्दा दायर



काठमाडौं,९ असोज । विगत चार दशकभन्दा लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न काठमाडौं सीतापाइलाका देवेन्द्र विक्रम रोका छपालीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । लागूऔषध कारोबारबाट उनले एक करोड भन्दा धेरै सम्पत्ति आर्जन गरेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको दाबी छ । उनको करोडौंको सम्पत्ति जफतको माग समेत लिइएको छ । एक करोड पाँच लाख ७२ हजार पाँच सय ५५ रुपैयाँ बिगो र उनको घरसहितको सम्पत्ति जफतको मागसहित उनीविरुद्ध बुधबार बिशेष अदालतमा मुद्दा दायर भएको हो । उनको १३ वटा बैंक ६४ लाख ६६ हजार समेत जफतको दाबी गरिएको छ ।

विभागले उनकी श्रीमती चन्द्रा रोक्काविरुद्ध पनि सोही बिगौ दाबी गरी मुद्दा दायर गरिएको छ । लागूऔषध कारोबारमा उनका सहयोगीहरु गोविन्द कुमार छन्त्याल, मनजित घर्तीमगर, नागेन्द्र थापामगर, जम्वा भोटे, इन्द्रबहादुर थिङविरुद्व समेत मुद्दा दायर भएको छ । २०६९ सालमा उनीहरु पनि देवेन्द्रसँगै पक्राउ परी दोषी भएर जेल भुक्तान गरि छुटेका थिए ।

प्रहरीका अनुसार देवेन्द्र २०३२ सालदेखि नै लागूऔषध कारोबारमा संलग्न हुँदै आएका छन् । बाग्लुङ स्थायी घर भएका उनी २०३८, २०४२ र २०६९ सालमा पक्राउ परेकोमा उनी तीनैपटक दोषी ठहर भएका थिए । २०६९ सालमा पक्राउ पर्दा उनले नेपालबाट भारत हुँदा क्यनाडामा चरेश तस्करी गर्दै आएको खुलेको थियो ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्