Logo

किम जोङ उनले माफी मागे



एजेन्सी, ९ असोज । यसपटक उत्तर कोरियाली नेता किम जोङ उनले सबैलाई आश्चर्यचकित पारेका छन् । उनले यसपटक माफी मागेर आश्चर्यचकित पारेका हुन् ।

दक्षिण कोरियाका एक अधिकारीलाई उत्तर कोरियाली सैनिकले क्रुरतापूर्वक हत्या गरेको घटनामा किमले माफी मागेका हुन् । दक्षिण कोरियाली प्रधानमन्त्री मुन जे इनलाई सम्पर्क गरी उनले माफी मागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त घटना हुनुहुन्नथियो भन्दै किमले माफी मागेका हुन् । ४७ वर्षीय दक्षिण कोरियाली अधिकारीलाई उत्तर कोरिया नजिकैको जल क्षेत्रमा सोमबार हत्या गरिएको हो । उनलाई गोली हानी तेल खन्याएर जलाइएको खबर बाहिर आएको थियो । उक्त घटनाले दक्षिण कोरियामा आक्रोश बढाएको थियो ।-तस्वीर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्