Logo

सिंचाईका हाकिम पक्राउ पर्दा उर्जा मन्त्रालयमा तरंग



काठमाडौं, ९ असोज । महाकाली सिंचाई आयोजना, कंचनपुरका कायम मुकायम आयोजना निर्देशक प्रचण्ड देव बिष्ट ११ लाख रुपैयाँसहित बिहीबार सुन्धाराको होटलबाट पक्राउ परेपछि उर्जा मन्त्रालयसम्म यसको तरग देखिएको छ । बरामद भएको ११ लाख रुपैयाँ उच्च अधिकारीलाई दिन ल्याएको प्रारम्भिक छानबिनमा खुलेपछि यो घटनाले ठूलै हंगामा हुने देखिएको छ ।

प्रारम्भिक सोधपुछमा विष्टले सो पैसा जलस्रोत तथा सिचाई विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीलाई दिन ल्याएको बताएका छन् । स्रोतका अनुसार गत वर्षको भुक्तानीको रकमको अहिले कमिसन बाँडफाँडको काम उर्जा मन्त्रालय र मातहतमा चलिरहेको छ ।

बिष्ट पनि गत वर्षको कमाईको कमिसन बोकेर काठमाडौं आएका थिए । यो घटनाले उर्जा मन्त्रालय अन्र्तगत सगठित रुपमा भइरहेको भ्रष्टाचार बाहिर आउने देखिएको छ । जसबाट उर्जामन्त्री वर्षमान पुन समेत संकटमा पर्ने देखिएको छ । यसअघि बिद्युत् भुक्तानीको लागि कमिसन लेनदेन मन्त्रालयमै भएको कुरा बाहिरिएको थियो । उर्जा मन्त्रालयमा सेटिङ मिलाएरै विष्ट घरपायक जिल्लामा हाकिम भएर बसेका थिए ।

पछिल्लो घटनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । बिष्टले सो रकमको वास्तविकता बताएमा उच्च अधिकारीहरु तानिने सम्भावना छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot