Logo

कोरोना जोखिमका बाबजुद विहार विधानसभा अक्टोबर र नोभेम्बरमा



एजेन्सी, ९ असोज । विहार विधानसभा चुनावको मिति घोषणा भएको छ । कोरोना भाइरसको जोखिमका बाबजुद विहारमा आवधिक चुनाव हुने भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार विहार विधानसभा चुनाव यसै वर्षको २८ अक्टोबर, ३ र ७ नोभेम्बरका लागि तय भएको हो । भारतको निर्वाचन आयोगले आज मिति घोषणा गरेको हो ।

विहारको १६ जिल्लाको ७१ विधानसभा सदस्यका लागि चुनाव हुन लागेको हो । चुनावमा वर्तमान मुख्यमन्त्री नितिश कुमार पुनः मुख्यमन्त्री रहने या नरहने तय हुनेछ ।-तस्वीर स्रोतः एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्