Logo

ड्रग्स केसमा दिपिकाको नाम आएपछि रणवीर सिंहले गरे एनसीबीलाई अनुरोध



एजेन्सी, ९ असोज । सुशान्त सिंह राजपुतको निधनको केससँगै लागुऔषधको मुद्दा आएपछि बलिउडका केहि हस्तीहरु अफ्ठेरोमा परेका छन् । सुशान्तको प्रेमिका रिया चक्रवर्तीको ड्रग च्याट बाहिरीएसँगै एनसीबीले तुरुन्त एक्शन लिएको छ । रिया, उनको भाई शोविक, स्टाफ दीपेश सावन्त, सैमुअल मिरान्डा सहित केही व्यक्तिलाई पक्राउ गरिसकेको छ ।

एनसीबीले सारा अलि खान, श्रद्धा कपुर र दिपिका पादुकोणलाई पनि सोधपुछको लागि निमन्त्रणा पठाइसेकेको छ । यी सबैजनासँग २५ र २६ सेप्टेम्बरमा एनसीबीले सोधपुछ गर्नेछ । दिपिका पादुकोण गोवाबाट मुम्बई पुगिसकेकी छिन् । उनको साथमा पति रणवीर सिंह पनिसँगै गएका छन् ।

भारतीय समाचार अनुसार रणवीर सिंहले दिपिकालाई सोधपुछको क्रममा आफु पनि सँगै बस्न दिन अनुुरोध गरेका छन् । रणवीरले गरेको अनुरोधमा दिपिकालाई कहिलेकाँहि चिन्ता र आतंकको आक्रमण हुने बताएका छन् । यद्यपि अहिलेसम्म यसको कुनै आधिकारीक पुष्टि भने छैन् ।

रणवीरले एक कानुुनको पालना गर्ने नागरिक भएको भन्दै दिपिकालाई सोधपुछ गर्दा सँगै उपस्थित नभएपनि एनसीबी कार्यालको भित्र पस्ने अनुमति दिन निवेदन मार्फत आग्रह गरेका छन् । हालसम्म एनसीबीले रणवीरको आग्रहको बारेमा कुनै निर्णय लिएको छैन् ।

दिपिका गोवामा सुर्टिङ गरिरहेकी थिइन् । उक्त समयमा उनको ड्रगको खबर आएको थियो । ड्रगको खबर आएसँगै रणवीर गोवा पुगेका थिए । हाल उनीहरु प्लेन चार्टड गरेर मुम्बई फिर्ता भइसकेका छन् । रणवीरले दिपिकासँगै वकीलसँग भिडियो च्याट गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्