Logo

कंगनाको निशानामा परे मुख्यमन्त्री उद्धव ठाकरे



एजेन्सी, ९ असोज । महाराष्ट्रको ठाने जिल्लास्थित एक भवन लड्दा ४० भन्दा धेरै मानिसहरुले ज्यान गुमाईसकेका छन् । यस विषयलाई लिएर कंगना रनौटले फेरी महाराष्ट्रका मुख्य मन्त्री उद्धव ठाकरे, बीएमसी र सांसद सन्जय राउतमाथि निशाना बनाएकी छिन् । कंगनाले यदि सरकारले त्यो घरमा ध्यान दिएको भए निर्दोष मानिसहरुको ज्यान बच्ने थियो भनेकी छिन् ।

सोमबार भवन भत्किदा मर्ने मानिसको सख्या ४१ पुगेको छ । कंगनाले हिन्दिमा ट्विट गर्दै सरकारले यता उती नजर लगाउन् भन्दा त्यो घरमा ध्यान दिएको भए ५० जना मानिस जीवित हुन्थे । यति धेरै मानिसहरुका ज्यान तपाइँहरुको लापरवाहीले गुमाएको समेत आरोप लगाएकी छिन् ।

९ सेप्टेम्बरमा बीएमसीले कंगना रनौटको कार्यालयमा अबैध निर्माण गरेको भन्दै तोडफोड गरको थियो । कंगनाले आफ्नो कार्यालय तोडफोड गरेको बीएमसीको विरुद्धमा उच्च अदालतमा मुद्दा हालेकी छिन्, त्यसपछि उनको कार्यालय भत्काउन बीएमसीले तुरुन्त रोकेको थियो । उनले निवेदन मार्फत बीएमसी र सांसद सन्जय राउतलाई विपक्षी बनाएर २ करोड क्षतिपुर्तिको माग गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्