Logo

पार्टीमा क्रिकेटरको पत्नीहरुले ड्रग लिने गरेको शर्लिन चोपडाले गरिन् खुलासा



एजेन्सी, ९ असोज । चर्चामा रहन कुनै पनि कुसर बाकी नराख्ने बलिउड अभिनेत्री शर्लिन चोपडाले एक सनसनी पुर्ण दावी गरेकी छिन् । एक टेलिभिजनमा उनले ठुला ठुला क्रिकेटरका पत्नीहरुले ड्रग्स लिने खुलाशा गरेकी हुन् ।

शर्लिनको अनुसार एक पटक आइपीएलको मन्च हेर्न कोलकता गएकी थिइन् । म्याच सकिएपछि पार्टी आयोजनामा गरिएको थियो, जसमा उनी पनि सहभागी भएकी थिइन् । उनी शौचालयमा जाँदा क्रिकेटरका पत्नीहरुले सेतो पाउडर अर्थात कोकीनको प्रयोग गरिरहेका थिए । शर्लिनलाई देखेर पत्नीहरु मुस्कुराएपछि उनी पनि हासेर बाहिर आएको बताएकी छिन् ।

शर्लिनको यस दावा अनुसार भारतमा लागूऔषध बलिउड पछि क्रिकेटमा पनि जोडिएको छ । तर उनले गरेको दावा कतिको साचो हो त्यो भने थाहा छैन । त्यसैपनि शर्लिन चर्चामा रहन हट फोटो, भिडियो र सनसनी कुराको साहारा लिने गर्छिन् । एनसीबीले सोधपुछको लागि बोलाएपछि दिपिका पादुकोण र सारा अलि खान मुम्बई पुगिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्