Logo

ब्रेकअप पछि केटाले अदालतमा दिए मुद्दा



प्रेममा परेर बर्बाद भएको घटना धेरै देखिएका छन् । केही मानिसहरु यस समस्याबाट बाहिर निस्कन सफल भएता पनि पछि तनावमा जिन्दगी फालिरहेका छन् । आज हामी यस्तो एक प्रेमीको बारेमा जानकारी दिन जाँदैछौ जसको बारेमा सुनेर आश्चर्यमा पर्नुहुनेछ ।

मायामा धोका खाएपछि मात्र आफू नशाबाट उत्रिएको तर जिन्दगी बर्बाद भएको महसुुस गरिरहेका छन् । क्यानाडामा भएको यस घटनाका प्रेमी एरिक अब्रामोविट्ज हुन् । एरिक हाल आफ्नो पुर्व प्रेमिकामाथि केहि कुराको आरोप लगाएका छन् । प्रेमिकाको कारण आफ्नो जिन्दगी बर्बाद भएको आरोप प्रेमिकालाई लगाउदै अदालतमा मुद्दा दायर गरेका छन् ।

एरिकले आफ्नो आरोपमा लस एन्जलसमा २०१३ मा पढाईको लागि एक स्कुलमा निवेदन दिएका थिए । उनले म्युजिशियन क्लेरिनेट गिलाडमा सिक्न चाहेका थिए । त्यसको लागि उनलाई छात्रावृत्ति पनि मिलेको थियो । एरिकको लागि त्यो अत्यधिक राम्रो मौका थियो ।

एरिकले त्यो मौका गुमाउन चाहान्नथे । त्यसको लागि जुनसुकै मुल्य चुकाउन तयार थिए । छात्रावृत्ति पाउँन उनले धेरै समय र मेहेनत पनि गरेका थिए । आफ्नो तर्फबाट पुरै तयारी गरेका एरिकले अडिशनमा पनि भाग लिएका थिए । यति धेरै गरेपछि पनि सेलेक्सनमा नपर्दा भने उनी डिप्रेशनमा गए ।

यस घटनाको २ वर्षपछि एरिकको जेनिफरसँग ब्रेकअप भयो । वास्तवमा एरिक कोलबर्न कंन्जरवेटरीलाई सेलेक्ट नगर्न इमेल जेनिफरले पठाएकी थिइन् । जेनिफर र एरिक त्यो समयमा एकै कक्षामा अध्ययन गर्दै थिए । उनीहरु डेटमा रमाइरहेका थिए । आफुबाट टाढा नहोस् भनेर जेनिफरले इमेल गरेकी थिइन् ।

अदालतले जब यस बारेमा जानकारी पायो तब जेनिफरले एरिकको करियर बर्बाद पारेको अभियोगमा २ लाख ६० डलर अर्थात १ करोड ७८ लाख रुपैयाँ धरौटी राख्नु पर्यो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्