Logo

गाईले २ मुख भएको बाच्छोको जन्मदिएपछि…



ब्राजिलमा एउटा गाईले एक यस्तो बच्चाको जन्म दिएको छ, जसलाई देखेर सबैजना अनौठौ मानेका छन् । मानिसहरुले चमत्कार भन्दा कम नभएको बताइराखेका थिए । तर बाच्छोको जन्मेको केही समयमा नै स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएको छ ।

ब्राजिलको चायपोनिया प्रान्तको एक फर्म हाउसमा गाईले दूई मुख भएको बच्चाको जन्म दिएको हो । मानिसहरुको बाच्छोको दुई मुख देखेर हेर्नेको भिड लागेको छ । बाच्छोको दुई मुख र चार आँखा रहेका थिए । दोस्रो मुख बाच्छोको गर्दनमा जोडिएको थियो ।

फर्ममा भएका मानिसहरुले बाच्छोलाई बोतलमा दुध पिलाएका थिए । जन्मदा त सामान्य अवस्थामा रहेको बाच्छोको एकाएक स्वास्थ्य बिग्रन थालेको थियो । स्थानिय मानिसहरुले लगातार रुपमा सेवा गरेपनि उसको स्वास्थ्य खराब भयो र केहि समयमा मृत्यु भयो ।

जन्मिएको ५ दिनसम्म हातैले दुध पिलाएको फर्मका मालिकले बताएका छन् । स्थानिय पशुु चिकित्सक डेनियलको अनुसार यो एक दुर्लभ घटना थियो । सायद यो इनब्रिडिंगको पहिलो घटना हो । उनका अनुसार विसंगतिको कारण दुइटा टाउको भएको बाच्छो जन्मिएको हो । यस्तो दुर्लभ स्थितिमा मात्र हुन्छ ।

यो भन्दा पहिला पनि भारतमा दुई मुख भएको बाच्छो जन्मिएको थियो । यो भन्दा पहिला जन्मिएको बाच्छोको जन्मेको केहि घन्टामा नै मृत्यु भएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्